जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको विकासमा ध्यान दिन आग्रह

तनहुँ । जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका सञ्चालक समिति सदस्यहरुले अस्पतालको विकासका लागि ध्यान दिन नेपाली काँग्रेसका शिर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
केही दिन अघि अस्पतालको विकासको लागि आवश्यक पहल नहुदाँ अपेक्षाअनुसार विकासले गति लिन नसकेको भन्दै सञ्चालक समिति सदस्यहरु शेषमणी आचार्य, नारायण प्रसाद सिग्देल र सर्वदा खनालले नेताहरुलाई ध्यानाकर्षण गराउनुभयो ।
काठमाडाँै पुगेर काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाांक कोइराला, पूर्वमन्त्री तथा सांसद गगन थापा र काँग्रेस नेतृ सुजता कोइरालालाई भेटी अस्पतालको विकासमा भूमिका खेल्न आग्रह गरिएको सदस्य आचार्यले जानकारी दिनुभयो ।
यता अस्पतालको विकासको लागि सबै दलका शिर्षनेताहरुलाई भेट्ने कार्यक्रम रहेको सदस्य सिग्देलले जानकारी दिनुभएको छ । “छिट्टै काँग्रेस सभापति शेरबहादुर देउवा र बामपन्थी नेताहरुलाई पनि अस्पतालको बारेमा ध्यानाकर्षण गराउने कार्यक्रम छ ।” उहाँले भन्नुभयो ।
तनहुँमा श्वास प्रस्वासको उपचार गर्ने गरी देशकै ठुलो अस्पतालको रुपमा विकास गर्ने गरि जिपि कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्र स्थापना भएको थियो ।
अस्पतालको लागि शुक्लागण्डकी नगरपालिका ५ स्थित झरौटामा झण्डै सात सय रोपनी जग्गा समेत अधिग्रहण गरिसकिएको छ ।
तत्कालिन सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व समेत ग्रहण गरि श्वासप्रस्वास अस्पताल निर्माण गर्ने भनिएता पनि आवश्यक पहल विना सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन् ।








प्रतिक्रिया राख्नुहोस्