प्रदेश नम्बर तीनको स्थायी राजधानी हेटौंडा र नाम बागमती ध्वनी मतले पारित

मकवानपुर । प्रदेश ३ को प्रदेश राजधानी मकवानपुरको हेटौंडा भएको छ । प्रदेश सभामा आज भएको प्रस्तावको हेटौंडा पक्षमा हुन्छ भन्ने पक्षमा दुई तिहाइ भन्दा बढी मत खसेकोले हेटौंडा राजधानी भएको हो । आइतबार विहान भएको मतदानमा हेटौंडाको पक्षमा एक सय ५ मत खसेको छ ।
प्रदेश सभामा १ सय १० जना प्रदेश सभा सदस्य रहेको छ । जसमध्ये आज एक सय ८ जना सदस्यको उपस्थिती रहेको थियो । हेटौंडा राजधानी हुन्न भन्ने पक्षमा ३ मत परेको सभामुख सानु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोकको धुलिखेल र मकवानपुरको हेटौंडा राजधानीको लागि प्रदेश सभामा नाम दर्ता गरिएको थियो । धुलिखेलको पक्षमा ३ मत भएकोले दुई तिहाई नपुगेकोले सभामुख सानुकुमार श्रेष्ठले धुलिखेल अस्विकृत भएको जानकारी गराउनु भएको हो ।
प्रदेशको बागमती नाउको बिषयमा भने बिपक्षमा कुनै नाउँ नै प्रश्ताव पेश नभएका कारण तीन नम्बर प्रदेश बागमती प्रदेशका रुपमा रुपान्तरण भएको हो ।
२०७४ साल माघ ३ गते तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी हेटौंडा कायम गरेको थियो । प्रदेश सभाको पहिलो पठक माघ २९ गते बसेको थियो । प्रदेशको पाँचौं हिउँदे अधिवेशनले नाउँ र राजधानी टुंगो लगाएको हो ।








प्रतिक्रिया राख्नुहोस्