देशभर कहिदिन मौसम सामान्यतया सफा रहने

काठमाडौँ – अहिले दिउँसो देशका मध्य र पूर्वी पहाडी भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने तथा आज राति देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतवार देशभर मौसम सामान्यतया सफा रहने र सोमवार राति देशका पश्चिमी भूभागमा सामान्य बदली हुने अनुमान छ ।
तराईका अधिकांश स्थानमा लागेको हुस्सु/कुहिरो अपरान्ह पछि विस्तारै सुधार हुँदै जाने पनि मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्