तपाईँ सुन्दै हुनुहुन्छः

अबैध औषधी सहित मेडिकल सञ्चालक पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले अबैध रुपमा औषधि बिक्रि बितरण गरिरहेको आरोपमा एक जनालाइ पक्राउ गरेको छ ।

आफ्नै घरमा न्यु चाँदनी मेडिकल हल सञ्चालन गरी अबैध रुपमा औषधि बिक्रि बितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा गु.न.पा. वडा न.५ बाल मन्दिर बस्ने ६० बर्षिय बेदराज के.सी.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

विशेष सुचनाको आधारमा तलासी गर्दा अबैध रुपमा राखिएको औषधि, प्याकिङ गरेको ट्राम लेखेको ५सय ५५ ट्याबलेट, अल्फ्रा जुलाम जम्मा ६ सय ५० ट्याबलेट सहित के.सी.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

के.सी.लाई बरामद गरीएको औषधी सहित आवश्यक कारवाहीको लागि औषधि ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगंज बाँके पठटाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button