८५ वटै स्थनियतहमा ‘हेलिप्याड’ बनाउदै गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेश सरकारले एक स्थानियतहमा एक हेलिप्याड निर्माण गर्ने गरि कामथालेको छ ।
गण्डकी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकलाई हेलिकोप्टरमार्फत जाने व्यवस्था मिलउन तथा विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा एक/एक हेलिप्याड निर्माण गर्ने गरि कामथालिएको हो ।
एक स्थानीयतहमा एक हेलिप्याड निर्माण गर्ने योजनाका साथ उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले सबै स्थानिय तहमा हेलिप्याड निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणको टिमसँग छलफल गरेको छ । प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणको प्राविधिक सहयोगमा ८५ वटै स्थानिय तहहरुमा हेलिप्याड निर्माणको सम्भावना तथा अध्ययन अनुसन्धानको कामलाई अगाडी बढाएको हो ।
हेलिप्याडबाट आकस्मिक बिरामी, दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउनतथापर्यटकीय क्षेत्रमा हेलिकोप्टर मार्फत पर्यटकलाई सहज तवरले आवत जावत गर्न सहयोग पुग्ने हुदाँ हेलिप्याड निर्माणको कामलाई अगाडी बढाएको गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो । हिमालको काखमा रहेका हिमाली जिल्लाहरु मुस्ताङ,मनाङ, गोरखा र म्याग्दी जिल्लामा यहीँ बर्ष हेलिप्याड निर्माण गर्छौ,उहाँले भन्नुभयो,” यहाँ अवस्थित हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकलाई पनि सहयोग पुग्ने देखिन्छ । प्रदेश सरकारले हिमाली जिल्लामा हेलिप्याड निर्माणको लागि ८ लाख रकम छुट्टाएको छ ।
यस बर्ष सबै स्थानिय तहहरुमा हेलिप्याड निर्माण गर्ने पर्याप्त बजेट बिनियोजन नभएता पनि आगामीबर्ष यथष्ट बजेट बिनियोजन गरि तथा स्थानियतहहरु सँग छलफल गरि हेलिप्याड निर्माणको काम थालिने मन्त्री लम्सालले बताउनुभयो । हेलिप्याड निर्माण गर्न ईच्छुक स्थानियतहहरुले उद्योग,पर्यटन,वन तथावातावरण मन्त्रालयमा सम्पर्क गर्न सक्नेछन् ।
हेलिकोप्टर सहज रूपमा अवतरण र उडान गर्नसक्ने प्राविधिकरूपमा उपयुक्त स्थानमा हेलिप्याड निर्माण गर्ने जग्गा छनोट गरिनेछ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलिले उपयूक्त स्थान छनौट गर्नेछ भने हेलिप्याडको ईष्टिमेट डिजाईन गर्नेछ ।
पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई.विनेश मुनंकर्मीका अनुसार हेलि प्याड निर्माणको मापदण्ड हेलिप्याडको सतह सामान्यतया १५ सेन्टिमिटर ढलान पि.पि.सी.ले बनेको,खुल्ला सहजतवरले हेलिकोप्टर बस्न मिल्ने तथा सुरक्षित स्थान,हेलिप्याड ५१/५१ मिटर तथा २६/२६ मिटरको हुनेछ ।
एक स्थानियतहमा एक हेलिप्याड बनाउने योजनाले पर्यटकहरुलाई सहजतवरले जानमात्रहोईन पहिरो, बाढी, आगलागी, कटान, दुर्घटनाका सूचनाप्राप्तअनुसार खोज, उद्धार र राहत कार्यलाई सहजपुग्ने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्