तपाईँ सुन्दै हुनुहुन्छः

इरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको इरानले स्वीकार्योे

इरान । इरानले राजधानी तेहेरानमा गत बुधबार १ सय ७६ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटना असावधानी वश आफ्नै क्षेप्यास्त्र प्रहारबाट भएको स्वीकार गरेको छ ।

तेहेरान स्थित इमाम खोमिनी विमानस्थलबाट यूक्रेनको राजधानी कियबतर्फ उडेको उक्त युक्रेनी विमान उडान गरेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो ।

न्यूयोर्क टाइम्स र सिएनएनले सार्वजनिक गरेको एक भिडियोमा अमेरिका, बेलायत, र क्यानडाले आरोप लगाएको जस्तै इरानी क्षेप्यास्त्र प्रहारबाट भएको देखिएको थियो । इरानले भने उक्त आरोपको खण्डन गर्दै आएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button