तपाईँ सुन्दै हुनुहुन्छः

आलुखेती प्रति आकर्षण बढ्दो

पर्वत । पर्वत र बाग्लुङमा आलु खेतीप्रति कृषकहरुको आकर्षण ह्वातै बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रमका कारण आलुखेतीमा आकर्षण बढेको हो ।

कृषकलाई परियोजना मार्फत मल, वीउ, ढुवानी, तालिम लगायतका सुविधा दिने गरिएको छ । पिएमएमपी कार्यक्रम सञ्चालनमा आएपछि वर्षेनी आलुखेतीको क्षेत्र बढ्न थालेको छ भने उत्पादन पनि बढेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

ज्ञान केन्द्रका अनुसार बाग्लुङ जिल्लामा गतवर्ष एउटा आलु जोन विस्तार गरिएको थियो भने चालु वर्ष ५ वटा आलु व्लक विस्तार भएको छ । पर्वतमा चालु वर्ष ६ वटा पकेट र व्लक विस्तार भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । बागलुङ जिल्लामा किसानहरुले वार्षिक ४० मेट्रिकटन आलु फलाउँदै आएका छन् । पर्वतमा वार्षिक २१ हजार मेट्रिकटन आलु फलाउने गरिएको छ ।

बागलुङमा २८ सय हेक्टर र पर्वतमा १५ सय हेक्टर जग्गामा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । कार्यालय प्रमुख वासुदेब रेग्मीले बाग्लुङ खयान र बीउ आलुमा आत्मानिर्भर भएपनि पर्वत भने बीउमा आत्मानिर्भर हुन नसकेको बताउनुभयो ।

आलुखेतीबाट किसानहरुले राम्रो आम्दानी गदैै आईरहेका छन् । स्थानीय सरकारहरुले पनि चिस्यान केन्द्र, संकलन केन्द्र निर्माण र ढुवानीमा सहयोग गर्दै आईरहेका छन् । चिसो मौसम र प्रांगारिक पद्धतीबाट खेती गरिने भएकाले यस क्षेत्रको आलु स्वादिलो हुने गरेको छ । बागलुङको ताराखोला, ढोरपाटन, तमानखोला लगायतका क्षेत्रको आलु देशभरि चर्चित छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button