तपाईँ सुन्दै हुनुहुन्छः

देशलाई भ्रष्टाचारबाट र नेपाली कांग्रेसलाई विकृतिबाट मुक्त गर्ने अभियान सुरु : बरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भ्रष्टाचारबाट र नेपाली काङ्ग्रेसलाई विकृतिबाट मुक्त गर्ने अभियान सुरु गरिएको बताउनुभएको छ ।

तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं तनहुँ महोत्सवको उद्घाटन समारोहमा नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

’मैले एउटा अभियान चलाएको छु ।’ वरिष्ठ नेता पौडेलले भन्नुभयो ’ यो देशलाई भ्रष्टाचार मुक्त गर्नुछ, मैले भन्ने गरेको छु ’नेपाली कांग्रेसलाई विकृतिबाट मुक्त गर्नुछ । उहाँले भन्नुभयो ’मैले आफ्नै पार्टीलाई पनि सुधार्नु छ भन्ने नारा दिएको छु ।’

सो अन्तरगत नेपाली काङ्ग्रेसमा जिल्ला सभापतिलाई  काठमाडौँ बोलाएको उहाँले बताउनुभयो । दुईतिहाई सभापति काठमाडाँै आएपनि अन्य कारवाहीको डर, त्रासले नआएको उहाँले बताउनुभयो ।

सरकारले कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको बिकास मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउदै वरिष्ठ नेता पौडेलले सरकारले राम्रो काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button