तपाईँ सुन्दै हुनुहुन्छः

बिप्लब समुहका बर्दिया जिल्ला सदस्य पक्राउ

बर्दिया, इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दियाको गस्ती टोलीले अखिल क्रान्तिकारी बिप्लब समुहका बर्दिया जिल्ला सदस्यलाई पक्राउ गरेको छ ।

मंगलबार साँझ करीब ५ बजेको समयमा बढैयाताल गा.पा. ४ गन्धर्ब टोल बस्ने ४७ बर्षिय कैलाश गन्धर्वलाई पक्राउ गरेको हो ।

गन्धर्वलाई बर्दिया बासगढी न.पा. वडा नं. ५ बाट पक्राउ गरी थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button