तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बुद्धशान्तिमा डिप् बोरिङ्गको शिलान्यास, ६० बिगाहा जमिन सिचाई गरिने

झापा । झापाको बुद्धशान्ति ४ मा रहेको पानीघट्टामा डिप् बोरिङ्गको शिलान्यास गरिएको छ ।

प्रदेश सरकारको भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलयको आर्थिक सहयोगमा बुद्धशान्ति ४ को पानीघट्टामा डिप् बोरिङ् खन्ने कार्यको शिलान्यास गरिएको हो । डिप् बोरिङ्गको शिलान्यास झापा क्षेत्र नम्बर १ का सांसद गोपाल चन्द्र बुढाथाकीले गर्नुभएको थियो ।

शिलान्यास कार्यक्रममा बुद्धशान्ति गाँउपालिका उपाध्यक्ष मिरा भुर्तेल, माथिल्लो पानी घट्टा किसान जल उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाद पौड्याल, सचिव याम प्रसाद कट्टेललगायत किसानहरुको उपस्तिथि रहेको गरिएको थियो ।

डिप् बोरिङ्ग शिलान्यास गर्दै कार्यक्रमका प्रमूख अतिथि सांसद बुढाथोकीले डिप् बोरिङ्गको काम सफलतापुर्वक सम्पन्नको कामना गर्दै त्यहाका किसानले अत्याधिक रुपमा पानीबाट भुमि सिञ्चित गरी कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

सांसद बुढाथोकीले तिनैवटा सरकारले कृषिमा बिशेष जोड दिएको बताँउदै उत्पादनशिल कृषिक्षेत्रमा लगानी गर्न आतुर रहेको पनि बताउनुभयो ।

बिशेष अतिथि गाँउपालिका उपाध्यक्ष भुर्तेलले यस्ता कार्यक्रमबाट किसानले बढिभन्दा बढी फाइदा लिन सक्नुपर्ने बताउनुभयो । उपाध्यक्ष भुर्तेलले त्यहाका जमिनमा धानमात्रै नभई बेमौसमी अर्ग्यानिक तरकारी लगायतमा जोड दिई प्रदेशमै खेतीको क्षेत्रमा पुर्वर्कै पर्यटकियस्थल बन्न सक्ने बताउनुभयो । वडाध्यक्ष बुद्धिमान लिम्बुले वडाले कृषि क्षेत्रमा लगान बढाउन बिभिन्न योजना अघि सारेको बताँउदै युवाहरुलाई कृषिमा आकर्षित हुन आग्रह गर्नुभयो ।

उक्त ठाँउका ४५ घरपरिवारका करिब ६० विगाह जमिनमा सिँचाईका लागि र कृषिजन्य बालीको उत्पादनमा वृद्धि ल्याउन डिप् बोरिङ्ग संञ्चालन ल्याईने समितिका अध्यक्ष पौड्यालले बताउनुभयो । उहाँका अनुसार डिप् बोरिङ्गले स्थानिय ४५ घरपरिवार र आसपासका क्षेत्रहरुमा पानीको समस्याको समाधान हुने जानकारी दिनुभयो ।

भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलय विराटनगरको १९ लाख ४७ हजार नौ सय ६१ रुपैँया, माथिल्लो पानी घट्टा किसान जल उपभोक्ता समितिको ३ प्रतिशत श्रमदान र एवम् आर्थिक ४९ हजार पाँच सय ९५ रुपैँया सहयोगमा उक्त डिप् बोरिङ्गको काम शुरु गरिएको श्याम कट्टेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button