तपाईँ सुन्दै हुनुहुन्छः

मौसम सामान्यतया सफा रहने


काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि मौसममा आएको परिवर्तनमा अब क्रमिक सुधार भएको छ ।
हाल उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका पूर्वी र मध्य पहाडी भू(भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको छ।

भोलि शनिवार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने र राती पश्चिमी भू(भागमा आंशिक बदली रहने जनाइएको छ ।

आइतबार देशभर मौसम सामान्यतया सफा रहने अनुमान छ ।

तराइका अधिकांश स्थानमा लागेको हुस्सु कुहिरो साँझ सम्म विस्तारै हटेर जाने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button