तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राऊ

पाँचथर । पाँचथरको जिल्लाको मिक्लाजुङ गाउँपालिकामा १३ बर्षीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पक्राउ परेका छन् ।

पीडित बालिकाका आफ्न्तका अनुसार स्थानीय ५७ बर्षीय कृष्णबहादुर बिकले शनिवार राती बालिकाघरमा सुतिरहेको अवस्थामा बालिकालाई बलात्कार गरेर बताइएको छ ।

कमजोर आर्थिक अवस्था भएकी ती बालिकाका आफन्तलाई घट्ना गाउँमै मिलाउन स्थानीयले दवाब दिएका कारण सोमबार मात्र घट्ना बाहिर आएको बताइएको छ ।

घट्ना बाहिर आउन साथ इलाका प्रहरी कार्यालय रबिले बलात्कारको आरोपित बिकलाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय पाँचथरमा लगिएको छ । बालिका बेहोस भएका कारण उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको अस्पताल श्रोतले जनाएको छ । पीडित बालिकाको अवस्था हाल सुधार भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button