आजको मौसम : देशभर वर्षा उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
शुक्रबार देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन आग्रह गरेको छ ।
शनिबार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।
मौसम विश्लेषण)
हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।
मौसमको अवस्था )
हाल देशको तराई भू-भाग तथा केहि पहाडी भू-भाग मा कुहिरो/हुस्सु लागेको अवस्था छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २५ गते (शुक्रबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २६ गते (शनिबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २७ गते (आईतबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
छैन ।








प्रतिक्रिया राख्नुहोस्