तपाईँ सुन्दै हुनुहुन्छः

२२औँ भूकम्प सुरक्षा दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइने

फाइल तस्बिर

काठमाडौँ । आगामी माघ २ गते २२औँ भूकम्प सुरक्षा दिवसको अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरी मनाईने भएको छ ।

भूकम्प सुरक्षा दिवस प्रचार उपसमितिको काठमाडौँमा आज बसेको तयारी बैठकले सो दिन मूल कार्यक्रम भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी र्शमा ओलीको उपस्थितिमा भक्तपुर दरबार स्क्वायरमा मूल समारोहको तयारी भएको भक्तपुर नगरपालिकाका उपप्रमूख रजनी जोशीले बताउनुभयो ।

समारोहको रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । दिवसलाई चेतनामूलक बनाउन भूकम्पीय जोखिम न्युनीकरण, पूर्वतयारी तथा पुननिर्माण सिकाईका विषयमा गोष्ठी, भूकम्पीय सुरक्षा सम्बन्धी प्रर्दशनी र देशव्यापी प्रचारप्रसार गरिने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिलाल गेलालले बताउनुभयो ।

यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ”भूकम्पबाट सुरक्षित पूर्वाधार,दिगो सुख र समृद्धिको आधार” भन्ने नारा तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button