तपाईँ सुन्दै हुनुहुन्छः

सहमतिबाटै सत्यनिरुपण तथा मेलमिलाप आयोगको गठन हुने : सञ्चारमन्त्री बाँस्कोटा

फाइल तस्बिर

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक समझदारीमा सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गरिने बताउनुभएको छ ।

मन्त्री परिषद्का निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले बिगतको द्धन्दपछि मुलुक अहिले शान्तितर्फ उन्मुख भईसकेकाले दिगो शान्ति स्थापनाकालागि सत्यनिरुपण तथा मेलमिलाप आयोगको गठन हुनु आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले आयोग गठनका बिषयमा सरकार र सत्तारुढ दलले प्रमुख प्रतिपक्षी दलसँगसमेत छलफल गरिरहेकाले सहमतिबाटै आयोगको गठन हुने उल्लेख गर्नुभयो ।

सूचना प्रविधी बिधेयकका सम्बन्धमा पत्रकारहरुको प्रश्नमा सञ्चारमन्त्री बाँस्कोटाले मिडिया क्षेत्रलाई व्यवस्थित बनाउन बिधेयक ल्याईएको हो भन्दै प्रेस स्वतन्त्रतालाई असर पर्ने कुरा केही भए त्यसमा संसदमा बहस र छलफल भएर नै अगाडी जाने भएकाले डराउनुपर्ने बिषय नभएको प्रष्ट पार्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले सुरक्षण मुद्रणबारे हतारिएर निर्णय नगरिने र संसदको सार्वजनिक लेखा समितिसँगै अर्थ समितिले त्यस बिषयमा चासो राखेकाले संसदीय समितिले अध्ययन गरेर दिने निर्देशन सरकारलाई मान्य हुने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button