तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली नोटसहित झापाबाट दुई जना पक्राउ

झापा । नक्कली नोटसहित दुई जनालाई झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–५ बाट सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवासलाई नक्कली नोटसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

उनीहरुलाई एक हजार रुपैयाँ दरका दुई थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button