तपाईँ सुन्दै हुनुहुन्छः

मिटर ब्याजीहरुद्वारा तराई मधेशका सर्वसाधारणबाट अर्वौको ठगी, उद्योगी व्यवसायीहरु पनि पिडित

फाइल तस्बिर

बीरगंज । तराई मधेशका बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाहरुमा चर्को व्याजमा गरिव, सर्वसाधारणलाई ऋण दिएर उनिहरुबाट करोडाँै असुल्ने मिटर ब्याजी ठगहरुको पोल खुल्दै गएको छ ।

सर्लाहीका कुख्यात मिटर ब्याजी राजपाका केन्द्रिय सदस्य रामबाबु राय पक्राउ परेपछि मिटर ब्याजी गिरोहको पोल खुल्दै गएको छ ।

रायको समूहले सर्लाही र रौतहटका सर्वसाधारणबाट अर्बौको जग्गा कब्जा गरेको समाचार सार्वजनिक भएसँगै गृह मन्त्रालयको निर्देशनमा बुधबार राय पक्राउ परेका हुन । अर्का मिटर ब्याजी सर्लाही ब्रम्हपुरीका सञ्जय साह रौनियार भने फरार रहेका छन् ।

मिटर ब्याजीले सर्वसाधारणलाई ऋण लगानी गर्ने नाममा उनिहरुको जग्गा आफ्नो नाममा पास गर्नुका साथै ब्याजमा दिएको रकम भन्दा ३/४ गुणा बढीको तमसुक बनाएर ठग्ने क्रम तराईका जिल्लाहरुमा रहेको छ । केही समय अगाडी सर्लाहीमा श्याम परदेशीले सर्वसाधारणबाट अर्बौ ठगी गरेको घटना सार्वजनिक भएको थियो ।

सो घटना सेलाउन नपाउँदै सर्लाहीमा भएको मिटर ब्याजको अर्को धन्दाले तराई मधेशमा यसको विगविगी रहेको खुलासा भएको हो । बारा, पर्सा, रौतहट, सर्लाही लगायतका तराई मधेशका जिल्लाहरुमा सयौंको संख्यामा मिटर ब्याजीहरु रहेका छन ।

सर्वसाधारणलाई ऋण वापतको रकम दिएपछि मिटर ब्याजीका साहु महाजनहरुले उनिहरुबाट करोडौं मुल्य बराबरको जग्गा समेत आफ्नो नाममा कब्जा गर्ने र ऋणीको जग्गा धितो राख्न लगाउने मात्र होईन जग्गा नै आफनो नाममा पास गर्ने सम्मको ठगी गरेको भेटिएको छ ।

मिटर ब्याजीहरुले सर्वसाधारणलाई भित्रि रुपमा कानुन विपरित ऋण लगानी गरेको बहानामा ठगी गरेर ऋण वापतको रकम असुली गरि सकेपछि पनि ऋण दिने व्यक्तिले ऋणीको जग्गा फिर्ता गर्न अटेरी गर्ने र कतै उजुरी गरे ज्यान मार्ने सम्मको धम्की दिने गरेको सर्लाहीको घटनाले खुलासा गरेको छ ।

बीरगंजमा पनि सयौंको संख्यामा रहेका मिटर ब्याजीहरुले सर्वसाधारण तथा बैंकमा डुबेका व्यवसायीहरुलाई लगानी गर्ने र उनिहरुबाट करोडौ असुल्ने गरेको भेटिएको छ ।

प्रहरी प्रशासन र राजनीतिक दलसँग मात्र नभई मिटर ब्याजीहरुको अपराधि गिरोह तथा गुण्डाहरुसँग समेत साठगाठ हुने गरेको हुँदा सर्वसाधारण आपत परेको बेला लिएको ऋणको भार चुक्ता गर्न नसक्ने गरी विल्लीबाठ भएका धेरै व्यक्तिहरु बीरगंजमा रहेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button