तपाईँ सुन्दै हुनुहुन्छः

महिला हिंसा न्यूनिकरण गर्ने काममा आयोग प्रतिवद्ध

काठमाडौँ । महिलाहरुलाई सम्बोधन गर्दा भाषिक शिष्टता कायम गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज काठमाडौंमा आयोजना गरेको लैङिगक संवेदनशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले महिलाहरुका निम्ति सार्वनजिक कार्यक्रम र कतिपय सञ्चार माध्यामहरुले प्रयोग गर्ने शब्दहरुले महिलाहरुको आत्म सम्मानमा ठेस पुगेको भन्दै सम्मान जनक शब्द प्रयोग गर्नु पर्ने माग गर्नुभयो ।

कार्यक्रममा आयोगका सचिव दिपेन्द्र काफ्लेले महिला सशतिmकरण गर्दै महिला हिंसा न्यूनिकरण गर्ने काममा आयोग प्रतिवबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button