तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीले विभेद अनुभुति नगर्ने गरी कानुन बनाउन स्वास्थ्य मन्त्रीको आग्रह

काठमाडौँ । निजामति विधेयक माथिको छलफलको क्रममा राज्यव्यवस्था तथा सुशासन समितिले आज स्वास्थ्य क्षेत्रका कर्मचारीको वर्तमान अवस्था, सुधार गर्नु पर्ने र कानुन निर्माण गर्दा ध्यान दिनुपर्ने लगायतका बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निजामति सेवा र स्वास्थ्य सेवालाई एकै ठाउमा राखेर एकीकृत कानुन बनाउँदा विभेद नरहने गरी सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयो ।

मन्त्री ढकालल मन्त्रालय पिच्छे कर्मचारीमा विभेद गरेको छैन् भन्ने सन्देश कानुनमार्फत दिनु पर्ने भन्दैे स्वास्थ्यका कर्मचारीले निजामति सेवाका समान तहका अन्य कर्मचारीभन्दा तल परियो भन्ने अनुभुती नहुने गरी कानुन निर्माण गर्न सांसहरुलाई आग्रह समेत गर्नुभयो ।

छलफलमा सांसदहरुले स्वास्थ्य क्षेत्रका कर्मचारीमा रहेको समस्या, सम्बोधन गर्न सकिने विषयहरु, स्वास्थ्य नीति र त्यसअनुसार गर्नु पर्ने व्यवस्था, कानुन बनाउँदा ध्यान दिनु पर्ने लगायतका विषयमा मन्त्रालयका पदाधिरीसँग धारण र सुझाव माग गर्नु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराल, डा. रोशन पोखरेललगायतका पदाधिकारीहरुले स्वास्थ्य सेवाका कर्मचारीहरुको पद भएपनि सेवा सुविधा लगायतका विषयमा एकरुपता नभएका तर्फ सांसदहरको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button