तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा गाडी दुर्घटना : १८ घाइते, ५ को अवस्था गम्भिर

सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा १८ घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ । र्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी दुर्घटनामा परेको हो ।

बिहिबार बिहान छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा संग्रही नजिक गाडी दुर्घटनामा परेको हो ।

गम्भिर घाइते हुनेमा चालक सुर्खेत भेरीगंगा न.पा छिन्चुका वर्ष ३५ प्रकाश शर्मा, सुर्खेत भेरीगंगा नपा ९ जरेको वर्ष ४९ का शान्त कुमार तिरुवा, शसस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिरेन्द्रनगर न.पा १२ का वर्ष ३० होम पङ्गाली , सल्यान बनगाड कुपिण्डे न.पा १का १३ वर्षिय अनिश बिश्वकर्मा, जाजरकोट छेडागाड न.पा ९ का २१ वर्षिया भगवती उपाध्यक्ष रहेका छन् ।

अन्य घाइते हुनेमा सह चालक जाजरकोट छेडागाड न.पा १ का २१ वर्षिय गोपाल वड, जाजरकोट सल्माका ४० वर्षिय पदम रावत, सल्यान बनगाड कुपिण्डे नपा ३ का ४५ वर्षिय वडा सदस्य भिम बहादुर बुढाथोकी , सल्यान शारदा नगरपालिका १ श्रीनगरका ५१ वर्षिय भुमबहादुर बुढाथोकी , सल्यान शारदा न.पा श्रीनगरका वर्ष ५१ वर्षिया गौतम बुढाथोकी रहेका छन् ।
यस्तै ज्वालादल गण बेशक्याम्प लमजुङकमा कार्यरत २६ वर्षिय पुर्णबहादुर सुनार, काठमाडौंका अन्दाजी ६२ वर्षिय रजनी श्रेष्ठ , काठमाडांैकै ६२ वषिर्या अनिशा मानन्धर, सल्यान बनगाड कुपिण्डे नपा १ का १५ वर्षिय सन्देश पुन , बनगाड कुपिण्डे नपा १ वर्ष ४० वर्षिय गगा बिश्वकर्मा, जाजरकोट कुसे गाउँपालिका ५ का २५ वर्षिय दल बहादुर रोका, रसुवाकी २९ वर्षिया मालती आचार्य, रुकुम चौरजहारी न.पा ४ वर्ष ३१ को बिजय दर्लामी रहेका छन् ।

घाइते सबैलाई उपचारको लागि नेपालगन्ज उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । गाडीमा ६ महिला २ बच्चा र १० जना पुरुष रहेका थिए । गाडी तिव्रगतीमा गुडाउँदा ओरालोमा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button