तपाईँ सुन्दै हुनुहुन्छः

एक सय २२ चिनियाँलाई फिर्ता पठाइयो

काठमाडौं । पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँ नागरिकलाई आज फिर्ता पठाइएको छ ।

नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँबाट पक्राउ परेका उनीहरुलाई आज साँझ चीन पठाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

चीनबाट आएका २ वटा विमानमार्फत उनीहरुलाई चीन पठाइएको उहाँले जानकारी दिनुभयो ।

यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

चिनियाँ नागरिकले पर्यटक भिसामा आएर अवैध रुपमा सङ्गठित काम गरेको स्वयं उनीहरुले स्वीकार गरेका काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button