तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेको भन्दै दुई दिन घोराहीका बिद्यालय बन्द

फाइल फाेटाे 

घोराही । घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले अत्यधिक चिसो बढेकाले दुई दिन बिद्यालय बन्द गर्ने जनाएको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाल आज एक सूचना जारी गर्दै बर्षे बिदा कट्टी हुने गरी बिहीबार र शुक्रबार दुई दिन बिदा दिएको जनाएको हो ।

महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत बिद्यालयहरु दुई दिन बन्द गरिएको उल्लेख छ ।

चिसोका कारण बालबालिका समेत पनि बिद्यालयमा न्यून उपस्थित हुने गरेको भन्दै दुई दिन बिद्यालय बन्द गरिएको महाशाखाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button