ब्राण्ड स्टोरी नामक कार्यक्रमको शुभारम्भ

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक सम्पदासँगै उत्पादित बस्तुको ब्रान्डिङ्ग गर्न सके देशको समृद्धिमा बल पुग्ने बताउनुभएको छ ।
बे्रकएनलिंक्स डट कम बेभसाईटबाट सञ्चालनमा आएको ब्राण्ड स्टोरी नामक कार्यक्रमको आज राजधानीमा शुभारम्भ गर्नुहँुदै सञ्चारमन्त्री बाँस्कोटाले नेपालको सगरमाथा नेपालको प्राकृतिक ब्रान्ड भएको बताउनुभयो ।
सञ्चारमन्त्री बाँस्कोटाले सगरमाथाको देशका रुपमा नेपालको ब्रान्डिङ्ग बिश्वसामु रहेको र अब नेपालका बिभिन्न उत्पादनलाई यिनै ब्रान्डका माध्यमबाट बिश्वसामु लैजान सहयोग पुग्ने बताउनुभयो । सञ्चारमन्त्री बाँस्कोटाले मिडिया काउन्सिल बिधेयक पनि एउटा ब्रान्डिङ्गका रुपमा रहेको र आवश्यकता अनुसार त्यसमा परिमार्जन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकम एउटा ब्राण्डका रुपमा स्थापित रहेको र अब यसका सेवालाई त्यो ब्राण्डबाट तल नझर्नेगरी अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस अवसरमा एपेक्श कलेजका निर्देशक दुर्गा रिजाल, बिज्ञापनबिद् अजय पाण्डे, ब्राण्ड स्टोरी नामक कार्यक्रमका परिकल्पनाकार मुना श्रेष्ठलगायतले बे्रकएनलिंक्स डट कम बेभसाईटको ब्राण्ड स्टोरी नामक कार्यक्रमबाट नेपालका उत्पादनहरको बिश्वमा बजार बढाउन मद्दत पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
बे्रकएनलिंक्स डट कम बेभसाईटको ब्राण्ड स्टोरी नामक कार्यक्रमबाट नेपालको बिभिन्न प्राकृतिक तथा उत्पादनहरुको ब्रान्डिङ्ग बिश्व सामू चिनाउने संस्थाको योजना रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्