तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश–३ को प्रदेश सभा बैठक आज बस्दै

मकवानपुर । प्रदेश नम्बर ३ कोे प्रदेशसभाको बैठक आज बस्दै छ । आज दिउसो ३ः०० वजेका लागि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक बोलाउनुभएको हो ।

बैठकमा राजधानीको नामाकरण र स्थायी राजधानीको प्रकृया सुरु गरिने भएको छ । आजको बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको प्रक्रिया मात्र अगाडी बढ्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशको राजधानी र नामाकरणको स्थायित्वका लागि सदनमा महत्वपूर्ण मानिएको मतदान प्रक्रिया भने तत्काल अगाडि नबढ्ने सचिवालयले जनाएको छ ।

नेकपा संसदीय दलको बैठकमा निर्णय गरिएपछि मात्र प्रदेशसभाको बैठकमा राजधानी र नामाकरणका बारेमा निर्णय गर्ने तयारी गरिएको बुभिएको छ ।

नेकपा संसदीय दलको बैठक भने बिहीबार (भोली) बिहान ८ः०० बजेका लागि बोलाइएको छ । बैठकमा निर्णय गरिएपछि मात्र प्रदेशसभाको बैठकमा राजधानी र नामाकरणका बारेमा निर्णय गर्ने तयारी गरिएको नेकपाका प्रमुख सचेतक रामेश्वर फूयालले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button