जाजरकोटका महिला मदिरा र जुवातास नियन्त्रण अभियानमा

जाजरकोट । जाजरकोटका गाउँ बस्तीमा मदिरा र जुवातासबाट हुने बिकृतिलाई रोक्न आमा समुहहरु सक्रिय भएर लागेका छन् ।
हरेक गाउँ टोलमा सक्रिय आमा समुहको कारण आपराधिक गतिविधिका साथै घरेलु हिंसाका घटनामा समेत कमी आएको स्थानीय प्रशासनले जनाएको छ ।
घरेलु मदिरा कानुनी रुपमा अवैध भए पनि निर्वाध रुपमा उत्पादन, सेवन र बिक्री भइ रहेपछि जाजरकोटमा यसको नियन्त्रण अभियान थालिएको छ ।

आमा समुहले पहिलो पटक मदिरा खाने र जुवातास खेल्नेलाई सम्झाउने बुझाउने र दोस्रो चोटी भेटाए पाँच हजार रुपैयासम्म जरिवाना गदै आएका छन् । जिल्लामा सधँैजसो मदिरा र जुवाजातमा समय र पैसा खर्च गर्ने पुरुषहरु आमा समुहको अभियानपछि घरायसी काममा सघाउन थालेका छन ।
जुवातास र मदिराले गाउँघरमा बिभिन्न विकृति ल्याएकोले त्यसलाई रोक्न अभियान थालेको आमा समुहमा आवद्ध महिलाहरुको भनाई रहेको छ । जुवातास र मदिरामा समय र पैसा बर्वाद पार्नेहरु अहिले सुघ्रिएको भन्दै आमा समुहले आ–आफ्नो गाउँटोलमा जुवातास खेल्न, मदिरा उत्पादन र विक्रीमा रोक लगाएका छन् ।
आमा समुहले मदिरा र जुवातास बिरुद्ध सशक्त अभियान चलाएपछि गाउँबस्तीमा अपराधिक गतिविधीमा समेत कमी आउन थालेको छ । जुवातास र मदिराबाट हुने बिकृति रोक्न महत्वपूर्ण भुमिका निर्वाह गदै आएका आमा समुहलाई सबैले सहयोग गरे गाउँघरलाई सधै शान्त राख्न सकिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

गाउँटोललाई शान्त बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका आमा समुहलाई प्रहरी प्रशासनका साथै सातवटै स्थानीय तहले पनि साथ दिदै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्