तपाईँ सुन्दै हुनुहुन्छः

विमानमा सवार मध्ये १७० जनाको मृत्यु (तस्विर सहित)

काठमाडौं । इरानबाट उडेको विमान दुर्घटना हुँदा विमानमा सवार मध्ये १७० जनाको मृत्यु भएको छ ।विमान दुर्घटनामा चालकदलका सदस्यसहित १ सय ७६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बुधबार बिहान युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको थियो ।विमानको इन्जिनमा प्राविधिक समस्या देखिएका कारण दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ । इरानी मिडियाका अनुसार विमानमा १८० जना सवार रहेका थिए ।

युक्रेनी राष्ट्रपति वोल्डामिर जेलेन्स्कीले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले फेसबुकमार्फत दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्यसहित अन्य व्यक्तिहरुप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

दुर्घटनाका मृतकको अवस्थाका र दुर्घटना किन भयो भन्ने विषयमा इरानमा रहेको आफ्नो दूतावाससँग जानकारी लिइरहेको राष्ट्रपति जेलेन्स्कीले स्पष्ट पार्नुभयो छ ।

सो विमानमा मृत्यु हुनेहरू छ देशका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाडेम प्रिस्ताइकोले बताएका छन्:

  • ८२ जना इरानी
  • ८३ क्यानेडेली
  • ११ युक्रेनी, चालक दलका सदस्यसहित
  • १० स्वीडेली
  • चार जना अफगानी
  • तीन जना जर्मन
  • तीन जना ब्रिटिश

 

    

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button