तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । नेपाली धितोपत्र बजारको कारोवार मापक नेप्से परिसूचक मंगलवार पनि दोहोरो अङ्कले बढेको छ । साताको शुरुदेखि नै उकालो यात्रा तीन कारोवार दिनसम्म पनि जारी रहेको छ ।

मंगलवार नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । कारोवारमा भएको वृद्धिसंगै कारोवार रकम पनि अर्ब भन्दा माथि पुगेको छ ।

मंगलवार कूल १७९ कम्पनीहरुका ३८ लाख ८० हजार ९५० कित्ता शेयरहरु एक अर्ब १० करोड २७ लाख ३६ हजार मूल्यमा किनबेच भएका छन् ।

स्टकका अनुसार कारोवार भएका कूल १२ समूहमध्ये होटल र उत्पादन समूह बाहेक सबै समूहको कारेवारमा वृद्धि भएको छ । मंगलवार सबैभन्दा बढीको कारोवार माछापुच्छ्रे बैंकको भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button