तपाईँ सुन्दै हुनुहुन्छः

सबैको साझा भएर विदा हुने प्रदेश प्रमुखको चाहाना

विराटनगर ।  ले सबैको साझा मान्छे भएर प्रदेशबाट विदा हुने आफ्नो इच्छा रहेको वताउनुु भएको छ ।

विराटनगरमा आज आयोजित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उहाँले सबैलाई बराबरी रुपमा लिएर जानु पर्ने भूमिकामा आफू रहेकाले त्यही अनुसार अघि वढेको वताउनुुभयो ।

सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्न नसके आफैलाई आत्माग्लानी हुुने उहाँको भनाइ थियो ।

विचारमा लागेको लेउ पखाल्न गाह्रो हुने भन्दै प्रदेश प्रमुख अधिकारलिे त्यसो हुन नदिइकन सबैको साझा मान्छे भएरै यो प्रदेशबाट फर्कने आफ्नो इच्छा रहेको प्रष्ट पार्नु भयो ।

उहाँले संचारकर्मीले सूचना नवनाए कोही पनि सूचित हुन नसक्ने स्पष्ट पार्नु भयो ।

व्यक्ति भन्दामाथि विधि र नेतृत्व भन्दामाथि नीति छ भन्ने कुरा सबै बुझ्न सके मात्रै लोकतन्त्रको आभास हुने भन्दै उहाले विधि र नीतिले नै मुलुकको व्यवस्था प्रति सवैलाई जवाफदेही बनाउने र त्यसले लोकतन्त्रलाई मजवुत पनि बनाउने उल्लेख गर्नु भयो ।
मुलुकको ध्यान पछिल्लो समय पर्यटन प्रर्वद्धनमा केन्द्रीत भएको भन्दै उहाँले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै लाग्नुमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button