मौसममा फेरि परिवर्तन हुँदै

काठमाडौँ । आज दिउँसोबाट फेरि पश्चिमी न्युन चापीय प्रणाली नेपाल प्रवेश गर्ने र यसका कारण आज र भोली देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रहि पश्चिमी हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भ–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम र पुर्वका एक दुई स्थानमा आज दिउँसो हल्का बर्षाको सम्भावना रहेको र राती पश्चिमका थोरै स्थानहरुमा तथा मध्य र पुर्वी भू–भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भ–भागका थोरै स्थानहरुमा राती हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
बुधबार पनि देशका धेरै स्थानहरुमा बदली रही हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात तथा पहाडी र तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
शुक्रबार सम्मै कायम रहने यो मौसमी प्रणालीले बिहिबार र शुक्रबार पनि देशभर सामान्य बदली रहि हिमपात र वर्षाको सम्भावना रहेको तथा शनिबारबाट मौसममा सुधार हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
तराईमा बिहानैदेखि हुस्सु कुहिरोको अवस्था रहेकोमा पूर्र्वी र पश्चिम तराईमा अपरान्ह र मध्य तराईमा साँझसम्ममा बिस्तारै सुधार हुँदै जाने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्