आगोलागीबाट घर खरानी : पाँच लाख बराबरको क्षति
खोटाङ । आगलागीमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका दानबहादुर राईको घर नष्ट भएको छ ।
ईतबार विहान अचानक आगोलागी हुँदा राईको ढुङगा, माटो र फुसको छानोले बनेको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । अन्नपात, लत्ताकपडा लगायतका सामग्री जल्दा राईको अनुमानित ५ लाख बराबरको क्षति भएको वडा सदस्य अमृत गिरिले बताउनुभयो ।
स्थानीयवासीले आगो नियन्त्रणमा लिएपनि घर तथा घरमा भएका अन्नपात, लत्ताकपडा जोगाउन नसकिएको बताइएको छ । आगोलागीको कारण खुल्न बाँकी छ । घटनाका विषयमा अनुसन्धान गर्न छितापोखरी प्रहरी चौकीलाई खवर गरिएको छ । आगोलागी पीडितलाई जाडोमा समस्या हुन नदिन तत्काल राहत वितरण गरिने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्