तपाईँ सुन्दै हुनुहुन्छः

मनाङमा निरन्तर हिमपात, जनजीवन कष्टकर

 

मनाङ । मुलुकभरि भइरहेको निरन्तर वर्षाका कारण हिमाली जिल्ला मनाङमा निरन्तर हिमपात भएको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको उपभोगमा समेत अभाव वनाएको छ ।

भर्खरै परेको हिउँ राम्ररी पग्लन नपाउँदै पुनः हिमपात हुनाले जिल्लाका कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो । गत वर्षको तुलनामा यस वर्ष वढी हिमपात भएको छ । बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकर बनेको मनाङ्गका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार नासो गाउँपालिका वडा नँ ९ दानाक्यु देखि माथि पुर्णरुपमा सडक अवरुद्ध भएको छ भने खानेपानीको समेत अभाव भएको छ । सडकभरि दुई÷तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, उनले भने, ‘अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बध्य भएका छौँ ।’अहिले मनाङको सबै भागमा हिमपात भएको छ ।

निरन्तर हिमपातका कारण जिल्लाकै सबैभन्दा तल्लो भाग नासो गाउँपालिकासमेत प्रभावित भएको अध्यक्ष चन्द्र घलेले बताए । हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपाय र मानव जीवनलाई कष्टकर बनाएको उनको भनाइ छ । जिल्लाको तल्लो भाग तिल्चे, ताचै, नाँचै, ओडारगाउँ, घेराङ्ग र दानाक्यु गाउँ हरुमा समेत बाक्लो हिमपात परेको छ ।

नासो–२ का वडाध्यक्ष भीमबहादुर गुरुङका अनुसार अहिले हिमपात रोकिएको छ, बादल खेलिरहेको छ, पुनः हिउँ पर्ने सम्भावना अझै रहेको छ । गाउँघरमा केटाकेटी र बूढाबूढीलाई चिसोले सकस बनाएको उहाँले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button