तपाईँ सुन्दै हुनुहुन्छः

संघिय सरकारले सबै अधिकार आफूमा केन्द्रित राखेको मुख्यमन्त्री राउतको आरोप

फाइल तस्बिर

बीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघिय सरकारले सबै अधिकार आफैले राखी प्रदेशलाई अधिकार नदिँदा प्रदेशको विकासमा अवरोध सृजना भएको आरोप लगाउनुभयो ।

तराई यातायात व्यवसायी संघको १४औं वार्षिक सभा तथा पाचौं राष्ट्रिय अधिवेशनको आज बाराको सिमरामा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले अहिले पनि तराई मधेसको जनताको भावनामाथी संघिय सरकारले खेलवाड गरिरहेको आरोप लगाउदै सडक र सदन दुवैबाट सरकारसँग यसको हिसाब लिईने जानकारी दिनुभयो ।

कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनल, सांसद प्रदिप यादव , प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, जन्नत अन्सारी जिल्ला प्रशासन कार्यालय वाराका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय वाराका प्रहरी उपरिक्षक बिकासराज खनाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रम तराई यातायात व्यवसायी संघका अध्यक्ष ओम कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनले तराई यातायात व्यवसायी संघको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button