तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा यो वर्षको पहिलो हिमपात

सल्यान । बिहिबार रातीदेखि अविरल वर्षासँगै सल्यानमा यो वर्षको पहिलो हिमपात भएको छ । आज बिहानैदेखि सुरु भएको हिमपात अहिले बढ्दै गएको छ । हिमपातबाट यस क्षेत्रको जनजिवन प्रभावित भएको छ ।

सल्यानको अग्ला लेकहरु खर्सुबास, बुराँसे, पातिहाल्न, मखलाम, बाफुखोला, कुमाख, निगालचुला लगाएत र त्यस आसपासका भु–भागमा हिमपात भएको छ ।

त्यसैगरी सल्यानसँग भ–भाग जोडिएको रोल्पाका गंगादेव गाउँपालिकाको झ्याम, मनिमारे, नाउली, ओत लगाएतका गाउँहरुमा पनि हिमपात भएको छ ।

गतवर्ष माघ महिनाको दोस्रोसाता हिमपात भएको यो क्षेत्रमा यसवर्ष भने पुस महिनामै हिमपात सुरु भएको हो । हिमपात भएपनि कृषीमा भने केही बालीलाई राम्रो हुने कृषकहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button