एभरेष्ट प्रिमियर लिग क्रिकेटको नयाँ मिति सार्वजनिक
एभरेष्ट प्रिमियर लिग क्रिकेटको नयाँ मिति सार्वजनिक भएको छ । मार्च १४ बाट सुरु हुने प्रतियोगिता मार्च २८ मा सकिनेछ ।
यो मितिलाई नेपाल क्रिकेट संघले स्वीकृति दिइसकेको र अन्तराष्ट्रिय क्रिकेट काउन्सिललाई स्वीकृतिका लागि पठाइएको छ ।
जसका लागि इपीएल आयोजकले पहिलो श्रेणीको खेलाडीको नाम सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका १४ खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ ।
यो श्रेणीमा रहेका खेलाडीको न्युनतम मुल्य दुई लाख रुपैयाँ तोकिएको छ । त्यो भन्दा माथि खेलाडीलाई भित्र्याउन बोली लगाउनु पर्नेछ । जसमा खेलाडीमाथि लागेको बोलको ६० प्रतिशत खेलाडीलाई र ४० प्रतिशत फे्रन्चाइजी टिमलाई जानेछ ।
एक टिमले बढीमा दुई खेलाडीलाई किनबेच गर्न पाउनेछ । यसका साथै बिदेशी खेलाडीको हकमा गत संस्करणको ईपीएल देखि आउने संस्करणसम्म नेपालको अन्य फ्रेन्चाइज लिगमा खेलेका खेलाडीले ईपीएलमा खेल्न नपाउने भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्