सप्तरीको बलान विहुल गाउँपालिकाको सबै क्षेत्रमा पुग्यो बिजुली
सप्तरी । सप्तरीको वलान विहुल गाउँपालिकाको सबै टोलमा आईतवारदेखि विद्युत पुगेको छ ।
आईतवार वडा नं. २ स्थित दिघियाका करिव एक सय परिवारका लागि विद्युत सञ्चालन गरिएसँगै गाउँपालिकाका सबै टोलमा विद्युत पुगेको गाउँपालिका अध्यक्ष दयानन्द गोईतले जानकारी दिनुभयो । गाउँपालिकाका २७ हजार जनसंख्याले विद्युतको उपभोग गरिरहेको उहाँको भनाई छ ।
गाउँपालिकाका जम्मा २४ वटा टोल मध्ये दुई वर्ष अघि नै २० वटा टोलमा विद्युत पुर्याइएको थियो। विद्युत सञ्चालनमा गाउँपालिकाको स्थानीय प्रशासन, विद्युत कार्यालय, सर्वसाधारण र युवा समुहले ठुलो सहयोग गरेको अध्यक्ष गोईतले जानकारी दिनुभयो ।
विद्युत पुगेपछि गाँउको स्थानीयहरु खुसी भएको छ ।
प्रतिक्रिया राख्नुहोस्