अन्तराष्ट्रिय बजार मुल्य अनुसार नै उखुको मूल्य निर्धारण : मन्त्री भुसाल

काठमाडौँ । कृषि सहकारी तथा पशुपंक्षी बिकासमन्त्री घनश्याम भुसालले अन्तराष्ट्रिय बजार मुल्य अनुसार नै उखुको मूल्य तोकिएको बताउनुभएको छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री भुसालले अन्तराष्ट्रिय बजारमा उखुको बजारभाउ घटेकोले सरकारले पुरानै मुल्य कायम गरेको जानकारी दिनुभयो ।
मन्त्री भुसालले बन्द गरिएका चिनी उद्योग सञ्चालनमा ल्याउने प्रयास भईरहेको बताउनुहुंदै किसानको मेहेनतलाई उचित मूल्य दिनेकुरामा सरकार गम्भिर रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्