जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ
जनकपुरधाम । धनुषा जिल्लामा एक जना महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनुषाको औरही गाउँपालिकामा २५ वर्षीय एक युवतीमाथि खेतमा घास काटिरहँदा बलात्कारको प्रयास गरेको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा परेपछि वर्ष ३५ का रामकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका अपराध तथा अनुसन्धान शाखाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिनुभयो ।
पीडित महिलाले आज जिल्ला प्रहरी कार्यालय धनुषामा यादव विरुद्ध उजुरी दर्ता गराएकी छिन् । आफू खेतको आलीमा घास काटिरहँदा रामकुमारले कुदृष्टिले हेरेको बाँच्नका लागि भाग्न खोज्दा आफूलाई लखेटेर जर्बजस्ती खेतमा हातपात गर्दै भुईमा खसालेको आरोप लगाएकी छन् ।
बलात्कारको प्रयास गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कामकाज भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ
प्रतिक्रिया राख्नुहोस्