पुलिस क्लब र हिमालयन शेर्पाबीचको खेल बराबरीमा सम्पन्न
सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ ।
दशरथ रंगशालामा भएको खेलमा पुलिस शेर्पासँग गोलरहित बराबरीमा रोकियो । विभागिए टिम पुलिसले शेर्पा विरुद्ध पहिलो हाफमा खासै राम्रा मुभ बनाउन सकेन । जसका कारण पहिलो हाफमा गोलरहित बराबरी खेल्यो ।
दोस्रो हाफमा पुलिसले सुधारिएको प्रदर्शन गरेको थियो । तर पाएका अवसरलाई सदुपयोग गर्न सकेन । जसका कारण उसले यो सिजनको पहिलो खेलमा नै अंक बाँड्न बाध्य भयो । यो बराबरीपछि दुबैको एक एक अंक भएको छ ।
यता न्यूरोड टिम (एनआरटी) ले भने लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा न्यूरोडले सरस्वती क्लबलाई ४–० ले हराएको छ ।
टोलीको जितमा सरोज तामाङले २ तथा जुनियर र ओआनाले समान गोल गरेका थिए । जित सँगै एरआरटीको ३ अंक भएको छ ।
पोखरा प्रिमियर लिगमा साविक उपविजेता चितवन राइनोजले जितका साथ प्रतियोगिता सुरु गरेको छ । मंगलबार भएको खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले हरायो । पोखराको प्रतियोगितामा पहिलो हार हो ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा एक सय सात रनमा अलआउट भयो ।
जवाफमा चितवनले १४ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
प्रतिक्रिया राख्नुहोस्