दार्चुला अधिकांश क्षेत्रमा हिमपात हिमपात

दार्चुला । जिल्लाका उत्तरी अधिकांश क्षेत्रमा हिमपात भएको छ । बिहिबार दिउँसोबाट मौसम परिवर्तनसंगै जिल्लाका विभिन्न ठाउमा हिमपातका साथै वर्षासमेत भएको छ । बिहिबार रातिदेखिको वर्षा र हिमपातसंगै जिल्ला भरी अत्याधिक चिसो बढेकाले जनजीवन प्रभावित भएको छ ।
अपीहिमाल र ब्यास गांउपालिकाका अधिकांश गाउमा, नौगाड, मार्मा, दुहु गाउपालिकाका लेकाली भेगमा पनि हिमपातसंगै बर्षा भएको स्थानीयले बताएका छन् । अपीहिमालको घुसा, खण्डेश्वरी, सितोला, गुल्जर तथा ब्यास गाउपालिका ब्यास, राप्ला, सुन्सेरालगायतका ठाउमा व्यापक हिमपात हुँदा यहाको जनजीवन चिसोले कष्टकर भएको अपीहिमाल गाउपालिका ५ का स्थानीय बिशन सिंह बुढाथोकीले बताउनुभयो । बिहिबार राती देखि हिमपात भएकोले हिउँदे बालीको लागि उपयोगी रहेको र हिमपातले जनजीवन प्रभावित बनाएको भएपनि खेतीको लागि अमृत सरह भएको छ ।
यसपटक गाउंसम्मै हिंउ परेको , माथिको उच्च डाडाहरुमा यसअघि नै हिमपात भएको र गाउमा भने पहिलो पटक हिँउ परेको ब्यांस गांउपालिका -२ राप्लाका हरक सिंह बुढाथोकीले बताउनुभयो । आईतबारबाट लेकाली भेकमा हिमपात भएको हो । हिमपातसंगै जिल्लाभरी हल्का वर्षा भएको छ ।
हिमपातले चिसो बढे पनि आकाशे पानीको भरमा खेती गर्नुपर्ने पाखो बारी भएका कृषक भने खुसी छन् । प्रयाप्त मात्रामा पानी परेपनि हिउदे खेतीलाई राहत पुग्ने स्थानीय कृषकहरुले बताएका छन । अहिले जिल्लाका पाँच वटा गाउपालिकाका लेकहरु हिमालय जस्तै देखिएका छन भने अन्य स्थानीय तहहरुको लेकाली भेगमासमेत हिमपात भएको छ ।
प्रतिक्रिया राख्नुहोस्