बिद्यालयको २२ कोठे सटर भवनको शिलन्यास
जीतपुर । बाराको जितपुरस्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिद्यालयको २२ कोठे सटर भवनको शिलन्यास भएको छ ।
भवनको सिलन्यास जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले गर्नुभएको छ । बिद्यालयको हाताभित्र ३४ वटा सटरहरु रहेको मा २२ वटा कोठा जिर्ण रहेकाले भत्काएर निर्माण गर्न थालिएको बिद्यालयका प्रधानध्यापक राजु कुमार सिँहले जानकारी दिनुभयो ।
२२ वटा सटर बनाउन सटर व्यापारीहरुसँग रकमको जोहो गरिएको छ । करिब ८० लाखको लागतमा तीनमहिना भित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको सटर भवन समयै गुणस्तरीय तरिकाले सम्पन्न गर्न ५ सदस्सीय निर्माण समिती बनाईएको छ ।
निर्माण समितीको संयोजकमा बिद्यालय ब्यवस्थापन समितीका सदस्सय मुरारी राज पुरी ,सदस्यहरुमा बिद्यालयका सहप्रधानध्यापक धन्नजय गौतम , वडा सदस्य ज्ञानी पासवान ,सटर ब्यपारी प्रेमलाल साह सोनार र अमिरुल हसन अंसारी रहेको बिद्यालयले जनाएको छ ।
सटरभवन शिलन्यास कार्यक्रममा वडा सदस्य मोहरम मंसुरी ,नारिशक्ति बिकास मञ्चकी अध्यक्ष आसा दहाल ,शिवदुर्गा पुजा समितीका अध्यक्ष मुनि पाठक ,लागुऔषध रोकथाम क्षेत्रमा कार्यरत ईर्साद खान लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्