अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सप्ताहव्यापी सचेतना मुलुक कार्यक्रम सञ्चालन गरिने
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सप्ताह व्यापी सचेतना मुलुक कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
मन्त्रालयले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकालगायत मुलुकका विभन्न स्थानिय तह, प्रदेश र विदेशमा समेत आप्रवासी कामदारका सम्वन्धमा सचेतना मुलक कार्यक्रम गरिने बताएको हो ।
हरेक वर्ष नोभेम्वर १८ मा मनाइने अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको यस वर्षको राष्ट्रिय मुल नार्रा सीप र रोजगारः आर्थिक समृद्धिको आधार’ तय गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्