लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान :सवारी साधनमा बिभिन्न नारा लेखिएका स्टिकर टाँस्न शुरु

रौतहट । लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान अन्तर्गत आज रौतहट भएर चल्ने सवारी साधनमा लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटांै, कोही नछुटौं भन्ने मुल नारा लेखिएको स्टिकर टाँस्न शुरु गरिएको छ ।
प्रहरी प्रधान कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेबा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीले एक कार्यक्रमका बीच चन्द्रनिगाहपुरमा सवारी साधनको अघि र भित्र सो स्टिकर टाँस गर्नु भएको हो ।
सो अभियानको शुरुवात गर्दै प्रमुख प्रहरी नायब महानिरिक्षक अधिकारीले कुनै पनि प्रकारको हिंसाले समाजमा फाईदा नपुग्ने भएकाले आजैबाट सबैले आ–आफनो तह र तप्काबाट हिंसा अन्त्यको लागि लाग्नु पर्ने बताउनुभयो ।
यस बर्ष लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानको मुल नारा समानताको पुस्ता बलत्कार बिरुद्धको ऐक्यबद्धता रहेको छ । सवारी साधनमा समेत महिला माथि दुब्र्यबहार, बलत्कार, हिसाका घटना हुने गरेकाले लामो तथा छोटो दुरीमा चल्ने सबारी साधनमा स्टीकर टासेर न्युनिकरणको थालनी गरिएको उहाले बताउनुभयो । सो अभियानमा महिलाअधिकार कर्मी, संचारकर्मी, सवारी साधनका चालक, बुध्दिजीविलगायतको उपस्थिति रहेको थियो ।
उता अभियान चलेकै बेला बलत्कार गरेको आरोपमा हेल्थपोष्टका इन्चार्ज तथा दात बिशेषज्ञ यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ बर्षिय सुधिर कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको गौरमा दांतको उपचार गर्ने निजी क्लिनिकसमेत रहेको छ । चितवन घर भई गएको मंसिर १८ गते गौर घुम्न आएकी ३० बर्षिया एक महिला घर फर्कने क्रममा बसपार्क पुर्याईदिने बहानामा आफु कार्यरत रहेको सरुअठा हेल्थ पोष्टमा पुरयाई रातभर बन्धक बनाएर बलत्कार गरेको आरोप छ ।








प्रतिक्रिया राख्नुहोस्