धरानको उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका तिलक राई निर्वाचित
काठमाडौं। धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी हुनुभएको छ । राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गर्नुभएको हो ।
कांग्रेसका उम्मेदवार तिलक २६ हजार ७०९ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईले २३ हजार ९१४ मत पाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्