सीताराम विवाहपञ्चमी महोत्सव : आज फूलबारी लिला विधि गरिने
जनकपुरधाम । मिथिलाञ्चलको महान् पर्वको रुपमा रहेका सीताराम विवाहपञ्चमी महोत्सवको आज दोस्रो दिन फूलबारी लिला विधि गरिनेछ ।
सात दिवसीय पर्वको रुपमा रहेको सीताराम विवाह महोत्वसमा त्रेता युगमा भगवान् राम र माता सीताको भारतको बिहार राज्यमा रहेको गिरिजा स्थानमा पहिलो भेट भएको स्मरणमा फुलबारी लिला विधि गरिन्छ ।
यस विधिमा भगवान् राम र माता सीताको प्रतिकलाई जानकी मन्दिरको छेउमा रहेको रामजानकी विवाह मण्डपमा भेट गराईन्छ ।
प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाईने राम जानकी विवाह महोत्सवमा सात दिनसम्म विभिन्न विधिहरु गरिन्छ । फुलबारी लिला विधि दिउँसो ४ बजे तिर हुने जानकी मन्दिरले जनाएको छ ।
यसैबीच विवाहपञ्चमी महोत्सवका लागि नेपाल तथा भारतका पर्यटकहरु जनकपुरधाम आउन समेत सुरु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्