सीमा रक्षाका लागि हस्ताक्षर अभियान शुरु

कञ्चनपुर – कञ्चनपुरका युवाहरुले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरेका छन् । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले कञ्चनपुरको महेन्द्रनगरबाट हस्ताक्षर अभियान शुरु गरेको छ । ‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मुल नारा सहित सेतो ब्यानरमा हस्ताक्षर संकलन गरिदैँ छ ।
मातृभूमी रक्षाका लागि युवा एकजुट भएर शान्तिपुर्ण तवरबाट भारतबाट अतिक्रमित भूमी फिर्ताका लागि दवाव सिर्जना गर्न हस्ताक्षर अभियान संकलन गरिएको सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाका सह–संयोजक विनोद विष्टले जानकारी दिनुभयो ।
उक्त अभियान सुदूरपश्चिमका सबै जिल्ला सहित देशका अन्य भूभागमा पनि सञ्चालन गरिने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्