हेटौंडामा तीन सय ७८ जनाले गरे आँखा दान
मकवानपुर– हेटौंडामा तीन सय ७८ जनाले आँखादान गर्न ईच्छापत्र जाहेर गरेका छन् ।प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरेर सो ईच्छापत्र हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरिएको छ । मृत्युप्रयन्त आफ्नो आँखाले अरुले संसार देख्न पाउन भन्ने उदेश्यका साथ उनिहरुले आँखा दान गरेका हुन्् ।
गोल्डेन यातायात प्रालिले आज हेटौंडामा आँखा दान तथा बृहत रत्तदान कार्यक्रमको आयोजना गरेर आँखा दान सम्बन्धी ईच्छापत्र हेटौंडा सामुदायिक आँखा अस्पतालर्ला हस्तान्तरण गरिएको छ ।
यातायात प्रालिले विगत ३/४ वर्ष देखि विभिन्न व्यक्तिको आँखा दान गर्ने सम्बन्धी अभियान नै संचालन गरेर ईच्छापत्र जम्मा गरेको थियो ।
त्यस्तै संस्थाले आजै बृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । रत्तदान कार्यक्रममा करिब पाँच सय जनाले रक्तदान गर्ने आयोजकले अनुमानसमेत गरेको छ ।
संस्थाका अध्यक्ष सुधिर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता थियो ।
प्रतिक्रिया राख्नुहोस्