बागलुङ बजार स्थित एक घरमा भिषण आगलागि
बागलुङ्ग । सदरमुकाम बागलुङ बजारमा बिहिबार राती भिषण आगलागी भएको छ ।
बजारको महेन्द्र पथ स्थित मेघा हार्डवेयर पसलमा आगलागी भएको हो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेलका भाई शलिक पौडेलको हार्डवेयर पसलमा राति १० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर दमकलको सहायतामा आगो निभइएको प्रहरी नायब उपरीक्षक झबिन्द्र भट्टराईले बताउनुभयो ।
स्थानीय बजारवासीहरु आगलागी नियन्त्रणमा सक्रिय भएका थिए । रातीनै प्रहरी सेना र दमकलको सहायताले आगो नियन्त्रणमा आएकाले ठुलो क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ । क्षतीको विवरण आउन बाँकी छ ।
प्रतिक्रिया राख्नुहोस्