तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त मन्त्रीहरूले लिए राष्ट्रपति समक्ष शपथ

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्नगठित मन्त्रीमण्डलका नवनियुक्त मन्त्रीहरुलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा सपथ ग्रहण गर्ने नवनियुक्त मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, कृषि तथा पशुपंछी विकासमन्त्री घनश्याम भुषाल, उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पुर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ हुनुहुन्छ ।

त्यसैगरी प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपतिको उपस्थितिमा नवनियुक्त राज्यमन्त्रीहरु उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामविर मानन्धरलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button