‘नेपालमा लगानी गर्न अष्ट्रेलियाको निजी क्षेत्र उत्सुक’
काठमाडौं । नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा लगानी गर्न अष्ट्रेलियाको निजी क्षेत्र उत्सुक रहेको बताउनु भएको छ ।
राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको पद्धाधिकारीसँगको भेटघाटमा नेपालमा लगानी गर्ने अष्ट्रेलियका निजी क्षेत्र उत्सुक रहेको बताएका हुन् ।
नेपाल चेम्बर अफ कमर्शमा भएको छलफलमा राजदुत वडले साना लगानीकर्तालाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपालमा अष्ट्रेलियाको कृषि,जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने सम्भावना रहेको बताउनु भएको हो ।
उहाँले नेपाल र अष्ट्रेलिया बीच सिधा हवाई सेवा शुरु गर्न पहल गर्ने पनि उल्लेख गर्नु भयो ।
भेटघाटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालले अल्प विकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको भन्दै निकासी प्रवर्दन र आयात व्यवस्थापन हुनुपर्नेमा जोड दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्