तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सचिव सुवेदीद्धारा पदभार ग्रहण

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको लागि तस्बिर परिणाम

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका नवनियुक्त सचिव दिपक सुवेदीले आज मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको छ ।प्रदेश नम्मर दुईको प्रदेश सचिवको रुपमा एक वर्ष काम गरिसक्नु भएका सचिव सुवेदीलाई सरकारले सञ्चार सचिवको रुपमा सरुवा गरेको हो ।

पदभार ग्रहणपछि मन्त्रालय र उक्त मातहतका कर्मचारी र विभागीय प्रमुखहरुलाई सम्बोधन गर्दै सचिव सुवेदीले सरकारको नीति र ऐन नियम अनुसार काम गर्न निर्देशन दिनुभयो ।सचिव सुवेदीले सञ्चार मन्त्रालय र मातहतका निकायले सर्वसुलभ र जनअपेक्षा अनुरुप काम गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button